मुम्बई– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आइसिसी क्रिकेट विश्वकप २०१९ चुनौतीपूर्ण रहेको बताएका छन्। प्रतियोगिताको फर्म्याट र भारतले सुरुवातमा बलिया टिमसँग खेल्नु पर्ने हुँदा चुनौतीको पहाड रहेको कोहलीको भनाइ छ।
आगामी जेठ १६ देखि सुरु हुने एकदिवसीय विश्वकपको उपाधिका लागि १० टिमबीच भिडन्त हुँदैछ। सुरुमा प्रत्येक टिमले एकआपसमा भिड्नेछन्। समूह चरणमा एक टिमले ९ खेल खेल्नेछ। उत्कृष्ट चार टिम सेमिफाइनलमा पुग्नेछन्।
'यो सबैभन्दा चुनौतीपूर्ण विश्वकप हो। फर्म्याट पनि त्यस्तै छ। सबै टिम उस्तै छन्,' कोहली इंग्ल्यान्ड प्रस्थान गर्नुअघि भनेका छन्,' जस्तै अफगानिस्तानले २०१५ पछि निकै ठूलो प्रगति गरिसकेका छन्। त्यसैले हामीले उत्कृष्ट खेल्नु पर्नेछ।'
भारतले पहिलो चार खेलमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्दैछ। उनले प्रतिद्वन्द्वी टिमहरु कमजोरी थाहा पाउने स्थान नभएको बताए।
२ वर्षअघि इंल्यान्डमा भएको आइसिसी च्याम्पियन्स ट्रफीमा फाइनलमा भारतलाई पाकिस्तानले हराएको थियो। तर ५० ओभरको विश्वकपमा भने भारतले पाकिस्तानसँग अहिलेसम्म हार्नु परेको छैन। कोहीले पाकिस्तानसँग खेल्दा अरु टिम जस्तै गरी तयारी गर्ने बताए।
भारतले विश्वकपमा पहिलो खेल ५ जुनमा दक्षिण अफ्रिकासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।