राजापुर- बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ।
गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नम्बरको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
गएराति ११ बजे दुर्घटना भएको थियो। उपचारका क्रममा उनको नेपालगञ्ज मेडिकल कलेजमा मध्यरात १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टिमा बर्दिया आएका थिए। उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघर देखि घरतर्फ फर्किरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।