डडेलधुरा- धनगढीबाट बझाङका लागि छुटेको बस गत बैसाख ११ गते डडेलधुराको गन्यापधुरा गाउँपालिकाअन्तर्गत साहुखर्कमा भएको दुर्घटनाका बस चालक पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन्।
जिल्ला अदालत डडेलधुराले सोमबार बस चालक बझाङ जिल्ला विथ्यडचिर गाउँपालिका–२ का अमृत बोहरालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
५ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको घटनामा चालक बोहरालाई सवारी ज्यान मुद्धाको सम्पुर्ण अनुसन्धानपश्चात् पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डम्बर बहादुर केसीले बताए। बोहराले चलाएको ना४ख १८३१ नम्बरको यात्रुबाहक बस साहुर्खकमा दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए। उनीसँग सवारी चालक अनुमतिपत्र भने रहेको जनाइएको छ।
'सवारी तथा यातायात व्यवस्था ऐन, २०४९' को दफा ४५ को व्यवस्था र दफा १६१(२) को लापरबाहीपूर्वक सवारी चलाउँदा मानिसको मृत्यु भएमा हुने सजायसम्बन्धी व्यवस्थाअनुसार बोहरालाई कारगार चलान गरिएको हो।
जसअनुसार २ वर्षदेखि १० वर्षसम्म कैद सजाय वा अदालतले तोकेबमोजिम हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।