इडिनवर्ग- श्रीलंकाविरुद्धको सिरिज जितेको छ। मंगबलार भएको दोस्रो खेलमा डिएल मेथडमा ३५ रनको जित हात पारेपछि श्रीलंकाले सिरिज १-० ले जितेको हो।
यसअघि पहिलो सिरिज वर्षाले अवरुद्ध भएको थियो।
पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेटको क्षतिमा ३ सय २२ रन जोड्यो। उसका लागि अभिक्षा फर्नान्डोले ७४ रन जोडे भने कप्तान करुणारत्नले ७७ रनको योगदान दिए।
स्टकल्यान्डले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित भएपछि ३४ ओभरमा २ सय ३५ रनको लक्ष्य दिइएको थियो।
तर स्टकल्यान्ड ४ बल खेल्न बाँकी छदा १ सय ९९ रनमा अलआउट भयो। उसका लागि म्याथ्यु क्रसले ५५ रन र केल कोइटजरले ३४ रन जोडे।
बलिङमा श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।