बेलफस्ट- अफगानिस्तान र आयरल्यान्ड बीचको दुई खेलको एकदिवसीय सिरिज बराबरीमा सकिएको छ।
मंगलबार भएको दोस्रो खेलमा अफगानिस्तानले आयरल्यान्डलाई १ सय २६ रनले पराजित गरेसँगै सिरिज १-१ को बराबरीमा सकिएको हो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको थियो।
अफगानिस्तानका लागि मोमहद साहजादले १ सय १ रन जोडेका थिए। रहमद शाहले ६२ रन र नाजिबुल्लाह जार्डानले ६० रनको योगदान दिए। बलिङमा आयरल्यान्डका एमआ एडियरले ३ विकेट लिए।
३ सय ६ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ४१.२ ओभरमा १ सय ७९ रनमा अलआउट भयो। ओपनर पाउल स्टर्लिङले ५० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा अफगानिस्तानका गुब्लादिन नइबले ६ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।