फाइल तस्बिर।
जनकपुर- पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ। हुरीसहितको वर्षातका कारण बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ को खनियाँखर्क नजिक सडकमा पहिरो जाँदा मंगलबार साँझबाट यातायात अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्र सिंहका अनुसार चार स्थानमा खसेको पहिरो करिब डेढ घन्टाकाे समयमा पन्छाइएको थियो।
पहिराे पन्छाइसकेपछि काठमाडौबाट पूर्वतर्फ जाने र पूर्वी नेपालबाट राजधानी काठमाडौतर्फ आउने सवारीसधान राति नै गन्तव्यतर्फ लागेका उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।