गुवाहाटी– दोस्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा अन्तर्गत ६ पटककी विश्वविजेता मेरी कोसँग नेपालकी माला राई पराजित भएकी छन्।
मंगलबार भारतको गुवाहाटीस्थित नविनचन्द्र इन्डोर स्टेडियममा भएको ५१ केजी तौल समूह अन्तर्गत भएको खेलमा कोमले मालालाई अंकको आधारमा पराजित गरेकी हुन्।
मालाले अंक जोड्न सकिनन् भने कोमले ५ अंक जोडिन्। मालाले विश्व च्याम्पियन सामु राम्रो खेल पस्केकी थिइन्।
मेरी अघिल्लो संस्करणकी स्वर्ण विजेता पनि हुन्। इन्डियन बक्सिङ फेरेडेसनले आयोजना गरेको प्रतियोगितामा ११ जना नेपाली खेलाडीले भाग लिएका छन्। जसमा चार जना खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।