राजविराज- सप्तरीमा एक युवतीको सामूहिक बलात्कार भएको छ। रुपनी गाउँपालिका-६ तेरहौतामा गत जेठ ४ गते भएको घटना जिल्ला प्रहरी कार्यालय सप्तरीले आज सार्वजनिक गरेको हो।
अग्निसाईर कृष्णसवरण गाउँपालिकाकी १९ वर्षकी युवतीलाई तेरहौताका युवाहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ।
घटनामा आधा दर्जनभन्दा बढीको संलग्नता भएपनि २५ वर्षीय वेदप्रकाश मण्डल मात्रै पक्राउ परेका छन्।
आरोपीमध्ये चिनजानका एक युवकले राती करिब ८ वजे युवतीलाई फोन गरेर बोलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान र संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।