काठमाडौं– आयोजक इंग्ल्यान्डले आइसिसी क्रिकेट विश्वकपका लागि राष्ट्रिय टिम घोषणा गरेको छ। आगामी जेठ १६ देखि सुरु हुने विश्वकपका लागि इंग्ल्यान्डले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो। टिममा अलराउन्८र जोफ्रा आर्चरले स्थान पाएका छन्। यसअघि आर्चरले गत महिना घोषणा गरेको प्रारम्भिक टिममा पनि स्थान बनाएङ्का थिए।
यता अर्का अलराउन्डर लियान डाउसन र टिम अर्डर ब्याटसम्यान जेम्स भिन्स पनि टिममा अटेका छन्। डेभिड विली, जोए डेनली र एलेक्स हल्स भने राष्ट्रिय टिमबाट बाहिरिएका छन्।
यसै वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका आर्चरले अहिलेसम्म ४ वटा एकदिवसीय खेल मात्र खेलेका छन्।
इंग्लिस टिम- इयान मोर्गान (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बिस्ट्र, जोस बटलर (विकेटकिपर), टम कुरान, लियाम डाउसन, लियाम प्लुङ्केट, अदिल रसिद, जोए रुट, जासन रोए, बेन स्टोक्स, जेम्स भिन्स, क्रिस ओएक्स र मार्क उड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।