काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाललाइभ समाचारका प्रमुख समाचार शीर्षकहरुः
१) डेडिकेटेड फिडरको महसुल बक्यौता नउठ्नुमा कुलमानमाथि सांसदको शंका, सांसद भन्दैमा जे पनि बोल्न नमिल्ने कुलमानको जवाफ
२) पाँचथरको आरुबोटेमा दुई परिवारका ९ जनाको सामूहिक हत्या, घटनामा बमबहादुरका कान्छा ज्वाइँ संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान
३) नेकपा महासचिवका ज्वाइँकै लागि ट्रमा सेन्टरमा नयाँ दरबन्दी, प्रक्रिया अघि नबढाउन लोकसेवालाई सर्वोच्चको आदेश
४) नेपालले मलेसिया र ताइपेईसँग मैत्रीपूर्ण फुटबल खेल्दै, युवा मिडफिल्डर अभिषेक पहिलो पटक राष्ट्रिय टिममा
५) र, केही समयलाई अमेरिकाले हटायो हुवावेमाथिको प्रतिबन्ध, नयाँ अपडेटबाट आगामी ९० दिनसम्म सेवा प्रवाह गर्न अनुमति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।