काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् १५औँ महाधिवेशन आयोजक तयारी समितिका संयोजक डा.शशांक कोइरालाले आज बिहान गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीहरूमा पारेको असरको खबरले मलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत डा.कोइरालाले बाढीले नदी किनाराका बस्ती तटीय क्षेत्रमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् ।
उनले यस कठिन घडीमा बाढी प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै उनीहरूको सुरक्षा र सहजताको कामना गरेका छन् ।
उनले बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन, सम्भावित जोखिमबाट बच्न र आवश्यकताअनुसार सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।
डा.कोइरालाले यस विपद्को समयमा उद्धार, राहत तथा मानवीय सहयोगमा सक्रिय रूपमा जुट्न नेपाली कांग्रेसका सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले भनेका छन्– ‘प्रभावित नागरिकको दुःखमा साथ दिनु र आवश्यक सहयोग पुर्याउनु हामी सबैको साझा जिम्मेवारी हो। विपद्को यस घडीमा हामी सबै एकजुट बनौँ। नागरिकको जीवन रक्षा, सुरक्षा र सहयोगलाई पहिलो प्राथमिकतामा राखौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।