काठमाडौं- नेपाल प्रहरीले संगठन भित्रका खेलाडीको सेवा सुविधा वृद्धि गर्ने तयारी गरेको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरुलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिएका हुन्।
'खेलकुद क्षेत्रको विकासका लागि संगठन भित्र आवश्यक व्यवस्था मिलाउने काम अघि बढाइएको छ,' उनले भने।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै महानिरीक्षक खनालले सो कुरा बताएका हुन्।
देशको प्रतिष्ठा बढाउने गरी खेलकुद क्षेत्रमा लागेका संगठन भित्रका खेलाडीलाई छिट्टै आफ्ना सेवा र सुविधा वृद्धि हुनेमा ढुक्क रहन पनि उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।