काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दाबी गर्दै यस्तो बताएका हुन्।
मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उनले तत्काल करारका कर्मचारी हटाउने व्यवस्था नरहेको पनि स्पष्ट पारे।
'तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यक्ताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको छ,' मन्त्री पण्डितले भने।
मन्त्री पण्डितले कर्मचारीहरुको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिबद्धता पनि दोहोर्याएका थिए।
जिम्मेवारी अनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कारबाही गर्ने मन्त्री पण्डितको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।