काठमाडौं- कामिरिता शेर्पाले सगरमाथाको २४औं पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्।
आज बिहान ६:३८ बजे उनले सगरमाथाको २४औं सफल आरोहण गरेको सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत बैसाख ३१ गते सुरु भएको थियो। सोलुखुम्बुको थामेगाउँमा जन्मिएका ४९ वर्षीय कामिरिताले आगामी वर्ष २५औं पटक सगरमाथा आरोहण गरेर संन्यास लिने बताइसकेका छन्।
जेठ १ गते कामिरिताले २३औं पटक आरोहण गरेका थिए। एक सातामै पुन: उनी सरगमाथाको चुचुरोमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।