विश्वकपको टिमबाट हटाइएपछि जुनइद खानले गरे विरोध

नेपाल लाइभ | २०७६ जेठ ७ मंगलबार | Tuesday, May 21, 2019 ०७:५६:०० मा प्रकाशित

काठमाडौं– पाकिस्तानले आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि सोमबार ३ खेलाडी परिवर्तन गरेको थियो। विश्कप आगामी जेठ १६ बाट सुरु हुने विश्वकपका लागि पाकिस्तानले तीव्र गतिका बलर मोमहद अमिरलाई स्थान दिँदा जुनइद खानलाई हटाएको थियो।

अन्तिम समयमा आफूलाई टिमबाट हटाएपछि जुनइदले विरोध गरेका छन्। उनले ट्विटरमा फोटो पोस्ट गर्दै असन्तुष्टि पोखेका हुन्। उनले मुखमा कालो पट्टी लगाएको फोटो पोस्ट गर्दै लेखेका छन्,'म केहि बोल्ने छैन। किनकी सत्य तितो हुन्छ।'

पाकिस्तानी टिममा वाहाव रियाज पनि पाकिस्तानी टिममा फर्किएका थिए। अलराउन्डर फहीम असरफ टिमबाट बाहिर हुँद वाहावले टिममा स्थान पाएका हुन्।यस्तै मध्यक्रमका ब्याट्सम्यान अफिस अलीले पनि अदिब अलीको स्थानमा मौका पाएका थिए। 

पाकिस्तानी टिम:  सर्फराज अमहेद (कप्तान), असीफ अली, बाबर अजाम, फकर जमान, हरिस सोहिल, हसन अली, इमाद वासिम, इमाम उल हक, मोहमद अमीर, मोहमद हफिज, मोहमद हस्नानिस, सादब खान, शहीन अफ्रिदी, सोइब मलिक र वाहाव रियाज