• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

नेटवर्किङ ठगी : सरकारी वकिल कार्यालय अगाडि पैसाको बिटो बोकेर किन पुगे भारतीय?

नेपालमा ठग पक्रँदा भारतमा हंगामा, पक्राउ परेकामध्ये २ नेपाली
64x64
नारायण अधिकारी सोमबार, जेठ ६, २०७६  २२:१९
1140x725

काठमाडौं - शुक्रबार प्रहरीले दरबारमार्गस्थित पाँचतारे याक एन्ड यति होटलबाट १२ जना भारतीय नागरिकलाई पक्राउ गर्यो। विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले संयुक्त अपरेसन गरी १२ भारतीयलाई पक्रेको थियो।

अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने उद्देश्यले नेपाल आएका १२ भारतीय पक्राउ परेका हुन्। तर पक्राउ परेका भनिएका १२ भारतीयमध्ये २ जना भने नेपाली रहेको खुलुको छ।

घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसर काठमाडौं डिएसपी होबिन्द्र बोगटीका अनुसार भारत छत्तीसगढका भनिएका ४३ वर्षीय गिरिश उपाध्याय र भारत गुजरातका भनिएका २२ वर्षीय आयुश उपाध्याय नेपाली हुन्। उनीहरुसँग जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको नागरिकतासमेत भेटिएको बोगटीले बताए।

गिरिश नेटवर्किङ व्यवसाय साइन ग्रुपुका नेपाल प्रमुख रहको खुलेको छ। उनकै योजनामा नेपालमा भारतीयको एक समूह आएर काम गरेको पाइएको छ।

सयौं ठगिएको आशंका, गिरिशले मात्रै बनाए ६९ सदस्य

नेटवर्किङ व्यवसायमार्फत् सयौं नेपाली ठगिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। पिरामिड शैलीमा सदस्य बनाउँदै जाने र ठगी गर्ने उद्देश्य रहेको यो व्यवसाय नेपालमा भर्खरै सुरु गर्ने प्रक्रियामा रहेकाले धेरै नेपाली ठगिनबाट जोगिएको प्रहरीको प्रारम्भिक अनुमान थियो।

तर एक हप्ताको अनुसन्धानबाटै थुप्रै नेपाली सदस्य बनिसकेको पाइएको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धानका अनुसार अहिलेसम्म गिरिशले मात्रै ६९ जना सदस्य बनाइसकेको पाइएको छ।

उनले ३ जना नेपालीबाट १ करोड २३ लाखसमेत ठगी गरेको पाइएको डिएसपी बोगटीले बताए। अन्य सदस्यबाट समेत गरी करोडौं रुपैयाँ ठगी गरिसकेको हुनसक्ने प्रहरीले अनुमान छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै आयुषले भने १३ जना सदस्य बनाइएको पाइएको प्रहरीले जनाएको छ। नेपाली मूलका भनिएका तर भारतीय नागरिक महेन्द्र सिंहले पनि सदस्य बनाएर ठगी गरको प्रहरीले जनाएको छ। उनी बाजुरामा जन्मिएका व्यक्ति हुन्। पछि भारतीय नागरिकता लिएको बुझिएको प्रहरीले जनाएको छ।

उनीहरुले  जति डलर लगानी गरेको हुन्छ, सोही बराबर कम्पनीले थप गरेर दिने र त्यसमा पनि केही प्रतिशत मुनाफासमेत दिनेु भन्दै रकम राख्न लगाएर ठगी गर्दै आएको पाइएको छ।

लखनउमा मात्रै २३ हजार करोडभन्दा बढी ठगी

साइन ग्रुपका म्यानेजिङ डाइरेक्टर ३४ वर्षीय रसिद नसिम हुन्। उनीसहितको समूहले साइन सिटी, साइन इन्फास्ट्रक्चर, साइन डाइमन्ड एन्ड गोल्ड र साइन फोरेक्सजस्ता विभिन्न कम्पनीमार्फत् रियल स्टेट, हिरा, सुन र विदेशी मुद्रा बिक्रीमा लगानी गर्ने भनी भारतका लखनउमा मात्रै २३ हजार करोड भन्दा ठगी गरेको पाइएको छ।

Xtrem

Xtrem

उनले विभिन्न व्यक्तिलाई ठूला सपना देखाएर करोडौं रुपैयाँ ठगी गरेको पाइएको हो।

कतिपय व्यक्तिलाई रकम फिर्ता गर्न भनेर दिएका चेकसमेत बाउन्स भएको पाइएको थियो। लखनउमा ठगी गरेपछि उनीहरुविरुद्ध पीडितले प्रहरीमा उजुरी गर्न सक्ने अवस्था थिएन।

प्रहरीले पक्राउ गरेपछि रकम फिर्ता गुर्नको सट्टा जेल जान तयार हुने बताएकाले रकम डुब्ने भन्दै उनीहरुविरुद्ध पीडितले उजुरी गर्न सकेका थिएनन्। रसिदले पनि प्रहरीले पक्राउ गरे कसैको पैसा तिर्न नसक्ने बताएका थिए। अहिले नेपालमा रसिदसहित उक्त समूहका सदस्य पक्राउ परेपछि रकम डुब्ने भन्दै लखनउमा हंगामा मच्चिएको छ।

त्यसपछि दुबईमा साइन कम्पनीको शाखा खालेको र त्यसको प्रमुखसमेत तोकिएको उनीहरुले बताएका थिए। त्यसबेला भारतीय मिडियाले समेत उक्त समाचार प्राथमिकताका साथ छापेका थिए। तर पछि प्रहरीले अनुसन्धान गरेपछि दुबईमा उक्त कम्पनीनै नरहेको पाइएको छ।

नेटवर्किङ व्यवसायमार्फत् १ हजार २ सय ५० अमेरिकी डलर लगानी गर्न लगाउने र सोही रकम बराबर कम्पनीले खातामा राखिदिने भन्दै उनीहरूले ठगी गर्ने गरेका थिए।

यसरी खाता खोलिसकेपछि जिमेलको आधारमा एउटै व्यक्तिको १ सय वटासम्म खाता खोल्न सकिने र मासिक १५ प्रतिशत कमिसन आफूले बनाएका अन्य सदस्यबाट थपिने समेत उनीहरुले प्रलोभन देखाएका थिए।

यसरी लगानी बढ्दै गएपछि १ करोड पुगेपछि उक्त व्यक्ति यस संस्थाको अध्यक्ष बन्नेसम्मका प्रलोभन उनीहरुले देखाएका थिए।

पैसाको बिटो बोकेर किन पुगे सरकारी वकिल कार्यालय अगाडि ?

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोही कम्पनीका थप ८ जनालाई आइतबार पक्राउ गरेको थियो। तीमध्ये बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट २ जना पक्राउ परेका थिए।

उनीहरुका साथबाट प्रहरीले साढे ८ लाख बरामद गरेको थियो। उक्त रकमसँगै उनीहरु जिल्ला सरकारी वकिल कार्यालय अगाडिबाट पक्राउ पर्नुलाई शंकास्पद तरिकाले हेरिएको छ। पक्राउ परेकालाई छुटाउन दबाब आउनु र सरकारी वकिल कार्यालय अगाडिबाट ठूलो रकमसहित पक्राउ पर्नुलाई हामीले शंकास्पद रुपमा हरेका छौं, स्रोतल भन्यो, उक्त रकमको स्रोत पनि खुलेको छैन।

त्यस्तै पक्राउ परेका दुई जनाकै सूचनाका आधारमा ठमेलस्थित बैशाली होटलबाट ६ जनालाई ३३ लाख ५० हजारसहित पक्राउ गरेको थियो। १२ जना पक्राउ परेपछि रमकसहित उक्त गिरोह सरकारी वकिल कार्यालय चहार्दै हिँड्नुले शंका गर्ने ठाउँ उब्जाएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।

अनुसन्धानलाई प्रभाव पार्न अदालतमा उजुरी, छुटाउन चौतर्फी दबाब

सामान्यतया प्रहरीले पक्राउ गरेर अनुसन्धानमै रहेको व्यक्तिले आफू निर्दोष भन्दै उजुरी दिन पाउँदैन। तर पक्राउ परेका १२ जनाले जिल्ला अदालत काठमाडौंमा आफूहरु निर्दोष रहेको भन्दै उजुरी दिएको कुरा बाहिर आएको छ। उनीहरुलाई छोड्न प्रहरीलाई चौतर्फी दबाब आएको थियो।

विभिन्न नेतादेखि भारतीय दूतावासले समेत चासोका साथ उक्त घटनालाई हेरका छन्। त्यसैगरी प्रहरीलाई छोड्न भन्दै प्रेसर पनि आइरहेको छ।

प्रहरीले छाड्न नमानेपछि १२ जना भारतीय गिरोहको समूहले अदालतमा उपस्थित भएको मौका पारेर जिल्ला अदालत काठमाडौंमा आफूहरु निर्दोष रहेको व्यहोराको उजुरी दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। माथिल्लो लेभलकै पहुँचका आधारमा उनीहरुले यसरी निर्दोष रहेको व्यवहोराको उजुरी दिएको पाइएको छ।

अनुसन्धानलाई प्रभावित पार्न अनुसन्धानकै क्रममा रहेका व्यक्तिबाट उजुरी परेकाले अनुसन्धान अधिकृत आश्चर्यमा परेका छन्।

को को पक्राउ परे ?

एक हप्ताअघि याक एन्ड यति होटलबाट १२ जना र आइतबार ८ जना गरी अहिलेसम्म २० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत इलाहाबादका ३१ वर्षीय मोहम्मद साइजिल, सोही ठाउँका ३३ वर्षीय अजितकुमार सिंह, भारत छत्तीसगढका ४५ वर्षीय निरजकुमार मिश्र, उत्तरप्रदेशका ४३ वर्षीय अशोक कुमार, छत्तीसगढकै ४३ गिरिश उपाध्याय, भारतकै सोनभद्र ४० वर्षीय रमेश राम छन्।

त्यसैगरी भारत गुजरातका २२ वर्षीय आयुश उपाध्याय, उत्तरप्रदेशका ३८ का सुनिल उपाध्याय, लखनउका ३२ वर्षीय कसिफ सकिल, सोही ठाउँ सारामाइला बस्ने ३२ वर्षीय गजेन्द्रकुमार सिंह, नयाँदिल्लीका ४३ वर्षीय रसिद नसिम र बेङ्लोरका ३५ वर्षीय ३५ वर्षीय महेन्द्र सिंह छन्।

उतरप्रदेश प्रतापगढका ३० वर्षीय महोमद जिया, उत्तरप्रदेशकै ३५ वर्षीय नितिन श्रीवास्वत, कानपुरका ४३ वर्षीय रवि तिवारी, प्रयागराजका ३२ वर्षीय अटल त्रिपाठी, उत्तरप्रदेशका ३० वर्षीय महोमद सेयाफ, कुशीनगरका २९ वर्षीय मरुलएन वारसी, उत्तरप्रदेशका ३२ वर्षीय तेजनारायण शुक्ला र प्रयागराजका ४० वर्षीय राजेशकुमार शुक्ला छन्।

प्रहरीले उनीहरुको साथबाट १७ थान मोबाइल, १ थान आइप्याड, १ थान ल्यापटप, ३ थान मेमोरी कार्ड र १ थान हार्डडिस्क बरामद गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  २२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्