काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कांग्रेसले गठन ग¥यो ‘छायाँ सरकार’, गगन थापालाई शिक्षा, मीनेन्द्र रिजाललाई अर्थ, २१ मन्त्रालयमा संयोजकसहित अतिरिक्त २ सदस्य पनि
२) डेडिकेटेड फिडरको महसुल नतिर्ने व्यवसायीलाई उच्च अदालतको अर्को झट्का, ५ उद्योगले तिर्नुपर्ने बक्यौता असुल्न प्राधिकरणलाई बाटो खुल्यो
३) विदेशबाट भित्र्याएको लगानी विवादपछि व्यवसायी सुमार्गीले कर छलेको आरोप, ४ अर्ब ३१ करोड लाभकर तिर्न राजस्व कार्यालयको १५ दिने सूचना
४) विश्वकपका लागि पाकिस्तानी टिममा ३ परिवर्तन, तीव्र गतिका बलर आमिरसहित वाहाव टिममा फर्किए
५) र, इरानसँग द्वन्द्व बढे अमेरिकाले ध्वस्त पारिदिने ट्रम्पको चेतावनी, अमेरिकालाई धम्क्याउने काम नगर्न सुझाव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।