काठमाडौं- राष्ट्रिय जनता पार्टीले लाल प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। आफूहरुले लामो समय देखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भईसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ उहाँले सभामुखको ध्यानाकर्षण गराए।
सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले सांसद चौधरीलाई बोल्न समय दिएका थिए।
सभामुख महराले राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयमपछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए।
माननीय सदस्यहरुले उठाएका विषयमा सरकारको पर्याप्त ध्यान गएको मैले ठानेको छु,' महराले भने, 'कारणसहित केही समय पछि सरकारले उचित जवाफ दिन्छ। माननीय सदस्यहरु उहाँले उठाएको विषयहरु मेरो त ध्यानाकर्षण भएकै छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।