धादिङ- काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ।
गल्छी गाउँपालिका–४ चिरौँदीस्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।
काठमाडौंबाट ४ जना युवा मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मी भएकाे भन्दै नदीमा नुहाउन गएका थिए। पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।