काठमाडौं– आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) राजपामा अध्यक्ष मण्डल नरहने, अब अध्यक्षीय प्रणालीमा जाने निर्णय, महाधिवेशनको समयावधि फेरि बढाइयो।
२) ट्राफिकको नयाँ योजना ः मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने, इ–चलानीबाटै चालकलाई चिट, अनलाइनमार्फत पेमेन्ट।
३) नक्कली प्रमाणपत्र र न्यायिक विचलनमा कारबाही हुने भएपछि जिल्ला न्यायाधीश उपाध्यायले दिए राजीनामा, कारबाहीबाट उम्कने परम्परा कायमै रहने आशंका।
४) म्यानचेस्टर सिटीले जित्यो सिजनको तेस्रो उपाधि, बनायो इतिहास, वाटफोर्डलाई हराउँदै एफए कप च्याम्पियन।
५) र, अष्ट्रेलियामा प्रधानमन्त्री मोरिसनको गठबन्धनलाई पुनः सफलता, विपक्षी लेबर पार्टीका नेताद्वारा राजिनामा दिने घोषणा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।