बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा दशरथचन्द नगररपालिका–१० वाराकोट बस्ने वर्ष ४५ को हीरावल्लभ भट्ट, अन्दाजी ६५ वर्षीया नरुली भट्ट रहेका छन् भने अर्का एक जनाको भने सनाखत हुन सकेको छैन।
त्यस्तै दुर्घटनामा जिपका चालक नवीन भट्ट, प्रकाश भट्ट र राहुल भट्ट गम्भीर घाइते बनेका छन्।
देउताल मन्दिरमा यात्रु बोकेर गइरहेको ग १ च ४९२१ नम्बरको जिप दशरथचन्द नगररपालिका–११, नानीगाँडमा आइतबार दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसरा मन्दिरमा पूजाका लागि गएका यात्रु बोकेको सो जिप सडकबाट डेस सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।