• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कार्यविधि लत्याउँदै नदी दोहनमा स्थानीय तह, लेखा समिति भन्छ : उत्खनन र बिक्रीवितरण कानुनसम्मत छैन

कुन-कुन नदीमा कस्ता मापदण्ड मिचिए?
64x64
नेपाल लाइभ आइतबार, जेठ ५, २०७६  १३:०७
1140x725

अनुगमनका क्रममा लेखा समितिका सदस्यहरु।


बुटवल- प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी कार्यविधि जारी गरेर नियमन र व्यवस्थापन गर्न खोजे पनि स्थानीय सरकारले कार्यान्वयनमा चासो दिएका छैनन्। प्रदेश सरकारले ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य सामाग्रीको चोरी निकासी बढेपछि त्यसको नियमनका लागि प्रदेशले कार्यविधि जारी गरी ७ महिनाअघि नै स्थानीय तहलाइ परिपत्र गरेको थियो।

तर, स्थानीय तहहरुले भने प्रदेश सरकारले जारी गरेको कार्यविधिविपरीत नदी तथा खोला ठेक्कामा लगाएका छन्। जसका कारण अहिले पनि अनियन्त्रित नदी दोहन रोकिएको छैन। यसबाट करोडौंको राजश्व छली भइरहेको छ। प्रदेश सरकारले बनाएको कानुन कार्यान्वयन र समन्वय गर्नुपर्नेमा स्थानीय सरकारले मनपरी गर्न छुट दिइरहेका छन्। जसले अनियमिता रोक्दै पारदर्शिता अपनाउनका लागि कडाई गर्नुपर्ने स्थानीय सरकार अधिकार क्षेत्रको दुरुपयोग गर्दै कानुनी प्रक्रिया कार्यान्वयन नगर्ने पक्षमा उभिएकाे देखिन्छ।

यस घटनाले प्रदेश र स्थानीय सरकार एकआपसमा समन्वयकारी भूमिका निर्वाह गर्नुको सट्टा प्रतिस्पर्धा गर्दै एकअर्काको अस्तित्व स्वीकार्न तयार नभएको प्रष्ट देखाएको छ।

कार्यविधि मान्दैनन् स्थानीय तह
प्रदेश सरकारले बनाएको नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी कार्यविधिमा 'इआइए' र 'आइई' रिपोर्टका आधारमा तोकिएको स्थान र परिमाणको नदीजन्य पदार्थ झिकेर घाटगद्दी गर्नुपर्ने व्यवस्था छ।

खोलाबाट सिधै नदीजन्य पदार्थ झिकेर बेच्न पाइँदैन। घाटगद्दी बिनै बिक्री गरे जिल्ला समन्वय समितिको सिफारिसमा स्थानीय तहले दोब्बर रकम असुली गरी ठेक्का रद्द गर्नसक्ने प्रावधान छ। तर, पालिका स्वयम्‌ले कार्यविधि लत्याउँदै घाटघद्दी नगरी नदीजन्य पदार्थको ठेक्का लगाएका छन्। घाटगद्दी गर्दा उत्खनन र बिक्री परिमाण छल्न नमिल्ने भएकाले राजश्व छली रोकिने अपेक्षा गरिएको थियो।

तर, विगतदेखि नै अनियन्त्रित नदी दोहन गर्ने बानी परेका ठेकेदार र खोला किनारका क्रसर व्यवसायीले घाटगद्दीको प्रावधान हटाउनुपर्ने माग गर्दै आएका छन्। व्यवसायीको यो मागमा जनप्रतिनिधिहरुको पनि समर्थन देखिन्छ।

लेखा समिति अनुगमनको निचोड : उत्खनन र बिक्रीवितरण कानुनसम्मत छैन
नियमविपरीत नदीजन्य पदार्थ उत्खनन र बिक्री भइरहेको गुनासो बढेपछि प्रदेशसभाको लेखा समितिले अनुगमन गरेको थियो। अनुगमनमा खटिएका लेखा समिति सदस्यहरुले अधिकांश जिल्लामा कार्यविधि विपरीत नदीजन्य पदार्थको दोहन भइरहेको बताएका छन्। दाङ र कपिलवस्तुका नदी, खोलामा इआइए र आइई रिर्पोटबिनै उत्खनन गरेको पाइएको सांसद कल्पना पाण्डेले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘खोला दोहन गरेर काम भ्याइसक्दा पनि उनीहरुसँग इआइए र आइई रिर्पोट थिएन। केहीले अनुगमनपछि दबाबमा रिर्पोट तयार गरेका हुन्,’ सांसद पाण्डेले भनिन्। दाङको कालाकाटे क्षेत्रमा अनियन्त्रित दोहन भइरहेको उनले बताइन्।

नवलपरासी र रुपन्देहीको अनुगमनमा खटिएका सांसद वैजनाथ कलवार भन्छन्, ‘यी दुई जिल्लामा कुनै पनि खोलाको ठेक्कामा घाटगद्दी अनिवार्य गरिएको छैन, केही पालिकाहरुले सम्झौतामा घाटगद्दी गर्ने लेखेपनि फिल्डमा गरेका छैनन्।’

कुन-कुन नदीमा कस्ता मापदण्ड मिचिए?

रुपन्देहीका तिनाउ, दानव र राेहणी नदीमा कार्यविधिविपरीत ठेक्का स्वीकृत भएका छन्। नवलपरासीका सुनवल, बर्दघाट, प्रतापपुर लगायतका पालिकाहरुले कार्यविधि मिचेरै नदी दोहन गर्न छुट दिएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्यविधिमा खोला किनारमा क्रसर उद्योग सञ्चालन गर्न नपाइने स्पष्ट उल्लेख छ। कार्यविधि जारी भएको ६ महिनाभित्र मापदण्डविपरीतका उद्योग स्थानान्तरण गरी सक्नुपर्ने व्यवस्था छ। तर, कपिलवस्तुमा लुम्बिनी, न्यु लुम्बिनी र वाणगंगा क्रसर वाणगंगा नदी किनारमै छन्। दाङमा पनि करिब आधा दर्जन क्रसर उद्योग खोला किनारमा रहेको अनुगमनबाट फर्केका सांसदहरुले बताए।

खोला किनारका ती उद्योगले रातिको समयमा एक्साभेटर प्रयोग गरेर खोला दोहन गरिरहेको स्थानीय बताउँछन्। जसबाट करोडौंको राजश्व छली भइरहेको छ। बाँकेमा हुलाकी सडक आयोजनाको नाममा राप्ती नदी किनारमा क्रसर सञ्चालन गरिएको छ।

राप्तीसोनारी गाउँपालिका भित्र पर्ने विभिन्न खोला र राप्ती नदीबाट एक्साभेटर प्रयोग गरी हुलाकी सडकको नाममा ढुंगाागिट्टी उत्खनन भइरहँदा पनि स्थानीय तह मुकदर्शक बनेकाे छ।

कारबाहीकाे अधिकार पाएकाे जिसस नै घाटगद्दीको विरुद्धमा

नदीजन्य पदार्थको ठेक्का प्रक्रिया, बिक्रीवितरण र क्रसर सञ्चालन प्रदेश सरकारले ल्याएको कार्यविधि अनुरुप छ छैन भनी अनुगमन गर्ने जिम्मा स्थानीय तह र जिल्ला समन्वय समितिलाई दिइएको छ।

त्यस्तै, कानुनविपरीतका ठेक्का र क्रसर उद्योगलाई कारबाहीको सिफारिस गर्ने अधिकार पनि जिल्ला समन्वय समितिलाई छ। तर, जिल्ला समन्वय समिति र पालिकाहरु नै घाटगद्दीको विरुद्धमा देखिएका छन्। उनीहरु खोला किनारमा सञ्चालित क्रसर उद्योग सार्ने पक्षमा पनि देखिँदैनन्।

कपिलवस्तुको शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुले प्रदेश सरकारले ल्याएको कानुन झन्झटिलो र कार्यान्वयन गर्नै नसक्ने खालको भएको प्रतिक्रिया अनुगमन टोलीलाइ दिइन्। ‘झन्झटिलो कानुन मानेर राजश्व उठाउन सक्दैनौं। बरु प्रदेश सरकारले राजश्व उठाएर हामीलाइ ४० प्रतिशत दिए पुग्छ,’ उपप्रमुख थारुलाई उदृत गर्दै सांसदहरुले भने।

जिल्ला समन्वय समिति कपिलवस्तुका सभापति नारायणप्रसाद खनालले पनि घाटगद्दीको व्यवस्था व्यवहारिक नभएको जिकिर गरे। घाटगद्दीका लागि स्थान अभाव हुने र यसले ढुगागिट्टीको लागत मूल्य बढाउने खनालको तर्क छ।

कार्यविधिमा नदीजन्य पदार्थको राजश्व प्रतिक्युफिट ६ रुपैयाँ र १३ प्रशित भ्याट तोकिएको छ।

'कानुनविपरीत गतिविधि गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ'

प्रदेश लेखा समितिका सभापति डिल्ली चौधरीका अनुसार तराईका ६ जिल्लाका अधिकांश पालिकाहरुमा नदीजन्य पदार्थको उत्खनन तथा बिक्रीवितरण कानुन सम्मत भएको छैन।

‘अनुगमन टोलीले नदी र खोलामै पुग्दा जे देख्यो, त्यही रिर्पोट तयार गर्न सार्वजनिक लेखा समिति जुटेको छ, कानुनविपरीत गतिविधि गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ,’ सभापति चौधरीले भने।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ
फ्रान्सको जेन–जी आन्दोलनमा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ नारा भाइरल, प्रहरीलाई व्यङ्ग्य गर्न प्रयोग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ बिहीबार, कात्तिक ५, २०८३
फ्रान्सको जेन–जी आन्दोलनमा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ नारा भाइरल, प्रहरीलाई व्यङ्ग्य गर्न प्रयोग बिहीबार, कात्तिक ५, २०८३
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्