जलेश्वर- महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा मोटरबाट पानी तानेर लगाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।