काठमाडौं– नेपाली सेनाका एक जवानकाे 'ड्युटी' गर्दागर्दै मृत्यु भएको छ। पर्सा राष्ट्रिय निकुज्यस्थित श्री बारादल गण आधाभारमा कार्यरत सैनिक जवान देवीराम जैसीको ड्युटीको क्रममा ज्यान गएको हो।
ड्युटीमा रहेका २८ वर्षीय जवान जैसी गएराति १२ बजे अचानक बेहोस भएका थिए। बेहोस जैसीलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैँजादै गर्दा बाटोमै ज्यान गएको पर्सा प्रहरीले जानाएको छ।
उनको शव पोस्टमार्टम लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।