काठमाडौं- झापाबाट काठमाडौंतर्फ आउँदै गरेकाे बस त्रिशुली नदीमा खसेकाे छ। धादिङकाे गजुरी-६ बाट यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाकाे शव भेटिएकाे धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जनाएका छन्।
हालसम्म बसकाे नम्बर खुलेकाे छैन। बसमा कति यात्रु थिए र के कारणले दुर्घटना भएकाे हाे भन्ने बारेमा पनि यकिन नभएकाे बैदवारले बताए।
प्रहरी घटनास्थल पुगी मृतक र घाइतेहरुकाे खोजी तथा उद्धार कार्य सुरु गरिसकेको उनले बताए।
दुर्घटनाकाे थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।