धनगढी- विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकार न्यायपालिका र प्रेसमाथि अंकुश लगाउन उद्धत रहेको बताएका छन्।
शनिबार प्रेस क्लब धनगढीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिश्रले सरकारको व्यवहारले यस्तो प्रमाणित गरेको बताएका हुन्।
'सरकारले बनाएका कानुन तथा प्रस्ताव गरेका विद्येयकले अनुदार लोकतन्त्रतर्फ अघि बढेको स्पष्ट छ,' उनल भने, ‘सरकारले बहुमतको दम्भका साथ अगाडि बढेको देखिएको छ। यसले न्यायपालिका, प्रेस, कर्मचारीमाथि अंकुश लगाउने प्रयास गरिरहेको छ।’
उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको स्पष्ट पार्दै भने, ‘विगतको सरकारले गरिरहेको कामलाई निरन्तरता दिएको देखिन्छ। हामीले यो सरकारलाई अहिलेनै असफल भनिसकेको छौं।’
‘सरकार सञ्चालनका लागि बहुमत हुनु ठुलो कुरा होइन। नेतृत्वकर्ता ईमान्दारिता र क्षमता हुनुपर्दो रहेछ,’ उनले सरकारको गतिविधीले ईमान्दारिता नभएको स्पष्ट देखिएको बताउँदै भने, ‘राज्यलाई कर छल्ने संस्थाको घर मालिककै घरमा पार्टी गर्ने, सुनकाण्डमा मुछिएको व्यक्तिकै रकममा विदेश भ्रमणमा गएको लगायतका गतिविधीले सरकारमा इमान्दारिता नरहेको स्पष्ट देखिन्छ।’
सरकार भ्रष्टाचार अन्त्य गर्ने भाषण दिने तर आफै भ्रष्टाचारको जालोमा फस्दै गएको आरोप मिश्रले लगाए।
संयोजक मिश्रले सरकारले संसदमा दर्ता मिडिया काउन्सिल विद्येयकले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको बताएका छन्।
विवेकशील साझा पार्टीले आयोजना गरेको भ्रष्ट्राचार विरुद्धको अभियानमा सहभागी हुन सुदूरपश्चिम पुगेका संयोजक मिश्रले कैलालीको टीकापुर, घोडाघोडी, गौरिगंगा, गोदावरी नगरपालिका, कञ्चनपुरको वेलौरी, भीमदत्त नगरपालिका लगायतका स्थानमा कार्यक्रम गरेको थियो।
शनिबारमात्र धनगढी उपमहानगरपालिकामा सो अभियान सञ्चालन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।