काठमाडौं– दोस्रो चरणमा बिहिबार सम्पन्न निर्वाचनको पनि अधिकांश जिल्लाहरुमा मतगणना सुरु भएको छ । दोस्रो चरणमा पनि प्रारम्भिक मतपरिणाम अनुसार बाम गठबन्धनकै सुरुवाती अग्रता लिएको छ । काठमाडौं, ललितपुर, दाङ लागयत जिल्लामा बाम गठबन्धनको अग्रता देखिएको छ ।
पहिलो चरणमा भएका ३७ निर्वाचन क्षेत्रमध्ये तीन स्थानमा बाम गठबन्धन बिजयी भइसकेको छ । थप ३२ जिल्लामा पनि बाम गठबन्धनकै अग्रता छ । पहिलो चरण अन्र्तगत कांग्रेसले रसुवा र संखुवासभामा मात्र अग्रता कायम राखेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।