ताप्लेजुङ– ताप्लेजुङमा एमालेका उम्मेदवार योगेश भट्टराईले मतअन्तर बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार भट्टराईले ४५ सय ४६ मतले अग्रता लिएका छन् । उनको १२ हजार ८ सय २६ मत छ ।उनका प्रतिस्पर्धी केशव दाहालले ८२ सय ८० मत ल्याएका छन् ।
त्यस्तै प्रदेशसभामा पनि बामगठबन्धनका उम्मेदवार अगाडि छन् । प्रदेश क मा एमालेका बल बहादुर साम्सोहाङले ६८ सय १८ मत ल्याएका छन् भने कांग्रेसका लिला बोखिमको ४८ सय ५३ मत ल्याएका छन् ।
त्यस्तै ख मा माओवादीका टंक आङबोहाङले ५७ सय ४७ तथा कांग्रेसका दिपेन्द्र सेन्दाङको ३६ सय ९९ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।