धनुषा– धनुषा ३ को प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ।
उम्मेदवारी दर्तादेखि नै चर्चामा आएका यस निर्वाचन क्षेत्रमा दुई ‘हेभीवेट’ उम्मेदवार आफ्नो राजनीतिक भविष्यको रेखा कोर्दैछन्।
कांग्रेसको भावी नेतृत्वको दाबी गरिरहेका विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टीको शीर्ष नेतृत्वमा आफूलाई स्थापित गर्न प्रयासरत राजेन्द्र महतोको भिडन्तले धनुषा ३ लाई चर्चामा ल्याईदिएको छ।
धनुषा निर्वाचनमा निर्णायक भनिएका सञ्जय साहको समर्थन कांग्रेसका निधिलाई छ। वाम गठबन्धनले सहयोगले ढुक्क देखिएका महतोले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।