भक्तपुर– दलीय विवादका कारण भक्तपुरमा सर्वदलीय बैठकसमेत अनिश्चित बनेको छ।
कांग्रेसले निर्वाचनका क्रममा भएको धाँधलीको छानबिन नगरी मतगणना सुरु गर्न नसकिने अडान राखेपछि भक्तपुर २ को सर्वदलीय बैठक बस्न नसकेको हो। कांग्रेसले मतदानअघि आफ्ना उम्मेदवारविरुद्ध गरिएको अनर्गल प्रचारबाजी र झडपको अनुसन्धान हुनुपर्ने माग अघि सारेको छ।
भक्तपुर १ मा भने केहीबेरमा मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।