जाजरकोट– जाजरकोट १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता बढाउँदै लगेका छन्। ताजा मतपरिणाम अनुसार उनले ६ हजार ७ सय ७९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहीले ५ हजार १ सय ३० मत ल्याएका छन्।
पूर्वगृहमन्त्री समेत रहेका बस्नेतको गृहजिल्ला जाजरकोटको प्रदेशसभामा समेत वाम गठबन्धनका उम्मेदवार अगाडि छन्।
प्रदेश क मा माओवादीका गणेशप्रसाद सिंह ६ हजार ९ सय २३ मतसहित अग्रस्थानमा छन् भने प्रदेश ख मा एमालेका करवीर शाही ७ हजार २ सय १७ मतले अगाडि देखिएका छन्। क मा कांग्रेसका बेदराज सिंहको ४ हजार ८ सय ८४ र र ख मा कांग्रेसकै दीपकजंग शाहको ५ हजार ३ सय ७० मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।