रुकुम–पूर्वी रुकुममा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ गरेको छ । जिल्लाको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् ।
रुकुम(पूर्व)बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनकी कमला रोका विजयी भएकी छन् । प्रतिद्धन्दि नेपाली कांग्रेसका हरिशंकर घर्तिलाई ६ हजार २८ मतले पराजित गरिन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भईन् भने कांग्रेसका घर्तिले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।
रुकुम(पूर्व)को प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा बामबन्धनका तेजवहादुर ओली विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार ८३ मतान्तरले पराजित गरे । गठबन्धनका ओलीले ५ हजार ४ सय २७ मत ल्याउँदा कांग्रेसका पुनले २ हजार १ सय ४४ मत पाए ।
रुकुम(पूर्व) प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ मा पनि माओवादीकै पुर्णवहादुर घर्ति निर्वाचित भएका छन् । प्रदेशसभा सदस्यमा निर्वा्चित घर्तिले ५ हजार ८ सय १६ मत प्राप्त गरे । उनका प्रतिद्धन्दि नेपाली कांगे्रसका दत्तवहादुर बस्नेतले ३ हजार १ सय ११ मत पाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।