नटिङघम- पाकिस्तानविरुद्धको सिरिज घरेलु टिम इंग्ल्यान्डले १ खेलअघि नै जितेको छ। शुक्रबार राति सकिएको चौथो खेलमा ३ विकेटको जित निकालेर इंग्ल्यान्डले सिरिज कब्जा गरेको हो। पहिलो खेल अवरुद्ध हुँदा इंग्ल्यान्डले लगातार ३ खेल जित्यो। पाँचौ खेलअघि इंल्यान्ड सिरिजमा ३-० ले अघि छ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४० रन जोड्यो। पाकिस्तानका लागि बाबर अजामले १ सय १५ रन जोडे। फकर जमानले ५७ रन बटुल्दा मोमहद हफिजले ५९ रन बनाए। बलिङमा इंल्यान्डका टम कुरानले ४ विकेट लिए।
३ सय ४१ रनको लक्ष्य इंल्यान्डले ३ बल बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्यो। इंल्यान्डका लागि ओपनर जासन रोएले १ सय १४ रन जोडे। ८९ बलमा ११ चौका र ४ छक्का हिर्काएका रोए खेलको म्यान अफ दि म्याच भए। बेन स्टोक्सले नटआउट ७१ रनको योगदान दिदा इंल्यान्डको जित सम्भव भयो। बलिङमा पाकिस्तानका इमाद वासिम र मोमहद हासनइनले २-२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।