दोलखा– दोलखाको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाममा एमालेका पार्वत गुरुङले फराकिलो अग्रता लिएका छन्। उनले १० हजार ८ सय ९१ मत प्राप्त गरेका छन्। कांग्रेसका रुद्र खड्का आधा भन्दा बढी मतले पछि परेका छन्। खड्काले ४ हजार १ सय ७९ मत प्राप्त गरेका छन्।
प्रदेश 'क' मा माओवादी केन्द्रका विशाल खड्का ९ हजार ९ सय २१ मत ल्याएका छन्। कांग्रेसका बर्मा लामाले ३ हजार ४ सय ४ प्राप्त गरेका छन्। प्रदेश खमा एमालेका पशुपति चौलागाई ५ हजार ७ सय १८ मत ल्याएका छन्। कांग्रेसका केशब चौलागाईले २ हजार ७ सय ८५ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।