बाजुरा- बाजुरामा प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिरणामा कांग्रेसले अग्रता कायम राखेको छ। कांग्रेसका कविराज पण्डितले ८ हजार ७ सय ४१ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले ८ हजार ५ सय ६९ मत पाए।
प्रदेशसभाको क मा भने एमालेका बलदेव रेग्मी ७ हजार ४ सय ४२ मतमा साथ अगाडि छन्। उनका प्रतिस्पर्धी कांग्रेसका जनक गिरीले ६ हजार ३ सय ७८ मत ल्याए।
प्रदेशसभा ख मा भने एमालेमा प्रकाश शाहले ९ हजार १ सय १९ मत मत पाएका छन्। कांग्रेसका पदम शाहीको मत ६ हजार ५ सय ८४ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।