नुवाकोट– प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटमा नेपाली कांग्रेसका दुवै उम्मेदवार अर्जुननरसिंह केसी र रामशरण महत पछाडि परेका छन्। पछिल्लो मत परिणामअनुसार नुवाकोटका दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन्।
मत परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ४ हजार १ सय २२ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतले ३ हजार ४ सय ८३ मत ल्याएका छन् ।
यस्तै नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा ४ हजार २ सय ९९ मत पाएका छन्। कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले २ हजार ६ सय ९५ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।