भोजपुर– प्रदेश नम्बर १ का मुख्यमन्त्रीका दाबेदार एमाले नेता शेरधन राईले प्रदेशसभा निर्वाचनमा फराकिलो मतान्तरको अग्रता लिएका छन्।
बिहान साढे ९ बजेको मतपरिणाम अनुसार प्रदेश नम्बर ख का एमाले उम्मेदवार राईले ८ हजार ३ सय २७ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर कार्कीले २ हजार ८ सय ९७ मत मात्र पाएका छन्।
त्यस्तै प्रदेश क को मतपरिणाम अनुसार एमाले उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता कायम राखेका छन्। उनले ३ हजार ७९ मत प्राप्त गरे। उनलाई संघीय समाजवादी फोरमका उम्मेदवार अजम्बर काङबाङ राईले १८ सय ३८ मत सहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।