धादिङ–धादिङका दुवै क्षेत्रमा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । क्षेत्र नम्बर १ मा अग्रता फराकिलो हुँदै गएको छ ।
क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार भूमि त्रिपाठी ८ हजार २ सय १२ मतले अगाडि छन् । उनले १५ हजार ९९ सय मत ल्याएका छन् भने कांग्रेसका बिश्वप्रसाद अर्यालको ६८ सय ८७ मत छ ।
त्यस्तै धादिङकै क्षेत्र नम्बर २ मा एमालेका खेम लोहनीको ९ हजार ९ सय ९५ छ भने कांग्रेसका दिल बहादुर पाख्रिनको ८२ सय १५ मत छ ।
प्रतिनिधिसभामा पनि बाम गठबन्धन नै अगाडि छ । क्षेत्र नम्बर १ को क मा एमालेका राजेन्द्र पाण्डेले ११ हजार ६ सय ८५ मत ल्याउदा कांग्रेसका मधु श्रेष्ठको ५२ सय ८० मत छ । ख मा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले १० हजार तीन सय ६६ मत ल्याउदा कांग्रेसका प्रभात सुवेदीको ४५ सय ७१ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।