चितवन– चितवनमा मतगणनाको तयारी सुरु भएको छ । तीनै वटा निर्वाचन क्षेत्रमा दिउसो ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ ।
‘सर्वदलिय बैठक सुरु भएको छ,’ चितवनका एसपी दीपक थापाले भने,‘११ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ ।’ चितवनमा ३ वटा प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार भएकाले चितवनको मतगणनालाई चासोका साथ हेरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।