जाजरकोट– जाजरकोट १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता बढाउँदै लगेका छन्। ताजा मतपरिणाम अनुसार उनले ५ हजार ९ सय ९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहीले ४ हजार १ सय ५१ मत ल्याएका छन्।
पूर्वगृहमन्त्री समेत रहेका बस्नेतको गृहजिल्ला जाजरकोटको प्रदेशसभामा समेत वाम गठबन्धनका उम्मेदवार अगाडि छन्।
प्रदेश क मा माओवादीका गणेशप्रसाद सिंह ५ हजार ९ सय ३९ मतसहित अग्रस्थानमा छन् भने प्रदेश ख मा एमलेका करवीर शाही ५ हजार ६ सय ९० मतले अगाडि देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।