हुम्ला- हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामालाई पछि पार्दै कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार मंगलबहादुर शाहीले अग्रता लिएका छन्। यसअघि लामाले लिड गरेका थिए।
पछिल्लो मतपरिणामअनुसार कांग्रेसका शाही ६ हजार २ सय ३९ मतले अगाडि छन् भने लामाले ५ हजार ७ सय ६९ मत ल्याई पछ्याइरहेका छन्। माओवादीका छिमी दोर्जे लामाले २ हजार ३ मत ल्याए।
अहिलेसम्मको गणनामा ८ सय ६३ मत बदर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।