काठमाडौं– काठमाडौंको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना बिहान १० बजेपछि सुरु हुने भएको छ।
जिल्ला समन्वय समितिमा आज बिहान बसेको सर्वपक्षिय बैठकले मतगणना १० बजेपछि सुरु गर्ने निर्णय गरेको हो।
मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको मतगणना आज बिहान गर्ने तयारी भएको थियो।
सहमति अनुसार काठमाडौं क्षेत्र नम्बर एक, दुई, तीन र चारको राष्ट्रिय सभागृहमा मतगणना हुनेछ ।
त्यस्तै पाच र सातको वानेश्वरस्थित सहकारी विकास विभागको तालिम केन्द्र, ६ को बबरमहलमा रहेको जिल्ला समन्वय समितिको हल र नौ र दश नम्बर क्षेत्रको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना सुरु गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।