

काठमाडौं– पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको पछिल्लो मतपरिणाअनुसार एमालेले अग्रता लिएको थियो । हालसम्म सार्वजनिक मतपरिणामअनुसार एमालेल ३ क्षेत्रमा जित हात पारेको छ । त्यस्तै एमालेको अग्रता प्रतिनिधिसभामा १८ स्थानमा अग्रता लिएको छ ।
२ प्रनिनिधि सभा र १ प्रदेशसभामा एमाले अग्रता लिएको छ ।
प्रतिनिधिसभा सदस्यमा मनाङ र मुस्ताङ दुवै जिल्लामा एमाले उम्मेदवार बिजयी भएका छन् । मनाङमा प्रतिनिधि सभा सदस्यमा एमालेका पोल्तेन छोपाङ गुरुङ बिजयी भएका छन् । कांग्रेसका टेक बहादुर गुरुङलाई हराउदै उनी बिजयी भएका हुन् । मनाङको ख बाट बिजयी दिपक मनाङ भनिने राजिव गुरुङ पनि एमालेकै समर्थनमा बिजयी भएका छन् ।
मुस्ताङमा तीनै वटा क्षेत्रमा एमाले बिजयी भएको छ । मुस्ताङका प्रतिनिधि र दुई वटा प्रदेशसभामा एमाले बिजयी भएको हो ।
प्रतिनिधि सभा सदस्यमा एमालेका प्रेम प्रसाद तुलाचन विजयी भए । उनले ३ हजार ५ सय ४४ मत पाएका ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत मात्र ल्याए ।
मुस्ताङको प्रदेशसभा – क मा एमालेकै इन्द्र डादु विष्टले १ हजार १ सय २७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसले मिक्युर बहादुर गुरूङले ६ सय ५७ मत ल्याए ।
प्रदेश सभा (ख मा एमालेका महेन्द्र प्रसाद थकाली विजयी भएका छन्। उनले २५ सय ८४ मत पाएर बिययी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दावा गुरूङले २२ सय ५९ मत मात्र पाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।