जाजरकोट– जाजरकोट १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता बढाउँदै लगेका छन्। ताजा मतपरिणाम अनुसार उनले ५ हजार ३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राजीवविक्रम शाहले ३ हजार ३ सय २२ मत ल्याएका छन्।
पूर्वगृहमन्त्री समेत रहेका बस्नेतको गृहजिल्ला जाजरकोटको प्रदेशसभामा समेत वाम गठबन्धनका उम्मेदवार अगाडि छन्। प्रदेश क मा माओबादीका गणेशप्रसाद सिंह ४ हजार ७ सय १३ मतसहित अग्रस्थानमा छन् भने प्रदेश ख मा करवीर शाही ४ हजार ५ सय ४८ मतले अगाडि देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।