काठमाण्डौ । सिन्धुपाल्चोक र गोखराको प्रतिनिधि सभा निर्वाचन २ नम्बर क्षेत्रमा वामपन्थी र लोकतान्त्रिक गठबन्धनबीच कडा टक्कर देखिएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा वामगठबन्धनका माओबादी उम्मेदवार शेरबहादुर तामाङ अगाडी देखिएका छन् ।
उनले ७ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् ।
लोकतान्त्रिक गठबन्धनतर्फ राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पशुपति शमसेर जबराले ७ हजार १ सय ४१ मत ल्याएका छन् ।
यता, गोरखा २ को प्रतिनिधि सभामा बाबुराम भट्टराईले अग्रता बनाएका छन् ।
लोकतान्त्रिक गठबन्धनका नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले ३६ सय ७३ मत प्राप्त गरेका छन् ।
माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठले ३४ सय ६६ मत सहित उनलाई पछ्याइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।