गोरखा– गोरखाको क्षेत्र नम्बर २ मा कडा टक्कर देखिएको छ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणामअनुसार भट्टराईले झिनो मतले अग्रता लिएका छन् । ७ हजार ६ सय २२ मत गन्दा भट्टराईको ३६ सय ७३ मत छ भने श्रेष्ठको ३४ सय ६६ मत छ । उक्त क्षेत्रमा ६० हजार १ सय ९ मत खसेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।