मुस्ताङ– मुस्ताङमा तीनै वटा क्षेत्रमा एमाले बिजयी भउको छ । मुस्ताङका प्रतिनिधि र दुई वटा प्रदेशसभामा एमाले बिजयी भएको हो ।
प्रतिनिधि सभा सदस्यमा एमालेका प्रेम प्रसाद तुलाचन विजयी भए । उनले ३ हजार ५ सय ४४ मत पाएका ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत मात्र ल्याए ।
मुस्ताङको प्रदेशसभा – क मा एमालेकै इन्द्र डादु विष्टले १ हजार १ सय २७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसले मिक्युर बहादुर गुरूङले ६ सय ५७ मत ल्याए ।
प्रदेश सभा ९ख मा एमालेका महेन्द्र प्रसाद थकाली विजयी भएका छन्। उनले २५ सय ८४ मत पाएर बिययी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दावा गुरूङले २२ सय ५९ मत मात्र पाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।