ललितपुर– ललितपुरमा पनि मतगणना सुरु भएको छ । बिहिबार मध्यरातीदेखि क्षेत्र नम्बर २ र ३ को मतगणना सुरु भएको छ । धेरैको चासो रहेको क्षेत्र नम्बर १ मा भने मतगणना सुरु हुन सकेको छैन । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट अर्थराज्यमन्त्री उदय शमशेर राणा र एमालेबाट पूर्वडिआईजी नवराज सिलवाल प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ र ३ को प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा मतगणना भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।