• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

धुलो खुवाएर पर्यटकलाई लुम्बिनीमा स्वागत, लाज छोप्न ठुला सवारी निषेध

64x64
दीपक घिमिरे बिहीबार, जेठ २, २०७६  १८:३७
1140x725

भैरहवा, लुम्बिनी- लुम्बिनी भ्रमण वर्ष-२०७६, बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसको जेठ ४ गते औपचारिक शुभारम्भ हुँदैछ। निकै तामझामका साथ कार्यक्रम सुरु गर्ने तयारी प्रदेश सरकार र लुम्बिनी विकास कोषले गरेको छ। कार्यक्रममा भिआइपी र भिभिआइपी पुग्नेछन्। यसका लागि प्रदेश सरकार र लुम्बिनी विकास कोषले तयारी गरिरहेका छन्। 

लुम्बिनी भ्रमण वर्ष तथा बुद्ध जयन्तीका लागि करोडौँ रुपैयाँ खर्च गर्ने तयारी भएपनि सडकको दुरवस्थाप्रति भने तालुकदार निकायले कमजोरी ढाकछोप गर्ने प्रयत्न गरेको छ। 

प्रदेश ५ को मन्त्रिपरिषदको बैठकको निर्णयानुसार पर्यटन मन्त्रालयले प्रस्ताव गरेको ४ करोड १९ लाख ६० हजार रुपैयाँ स्वीकृत गर्दै लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन तयारी थालेको छ। लुम्बिनी विकास कोषले पनि लाखौँ रुपैयाँ खर्चेर बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउँदैछ। 

बैठकमा प्रस्तावित बजेटअनुसार उद्घाटन–समापन समारोहमा मात्रै ८५ लाख रुपैयाँ खर्च गर्ने स्वीकृत भएको छ। त्यस्तै बैठक भत्ता र खाजा खर्चका लागि ४६ लाख ६० हजार, कार्यपत्रलाई २० लाख रुपैयाँ, सुजता खीर महोत्वसवलाई १३ लाख र राष्ट्रिय झन्डा निर्माणका लागि १० लाख ५० हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। 

यस्तै मायादेवी मन्दिरमा दीप प्रज्जवलनका लागि १२ लाख, प्रचारप्रसारका लागि एक करोड २५ लाख, संचारमाध्यमलाई ३५ लाख, सडक प्रदर्शनीका लागि २२ लाख ६० हजार रुपैयाँ छुट्टाइएको छ। २० लाख रुपैयाँको ब्रोसर मात्र छपाई हुने भएको छ। सरसफाई र डस्टबिन खरिदका लागि मात्र ४० लाख रुपैयाँलगायत अन्य शीर्षकमा पनि लाखौँ रुपैयाँ प्रदेश सरकारले खर्च गर्दैछ।

करौडौँ रकम खर्चेर प्रदेश सरकारले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष पत्रकार, स्थानीयहरुको भ्रमण वर्ष जस्तै बनेको छ। विभिन्न समिति-उपसमिति गठन गरेर सरकारले समिति-उपसमितिमार्फत् लाखौँ रुपैयाँ खर्च गर्ने तयारी गरेको छ। 

प्रचारप्रसारका लागि प्रदेश सरकारले प्रदेश सांसदलाई छाडेर खाना, बस्न र भत्तासहितको सुविधा दिएर पत्रकारहरुलाई खटाएको छ। प्रचारप्रसारका लागि विनियोजन गरिएको एक करोड २५ लाख रुपैयाँमा धेरै फजुल खर्च हुदैछ। 

फजुल खर्चका कारण स्थानीय रुष्ट बनेका छन्। प्रदेश सरकारले प्रचारप्रसारमा प्रत्येक व्यक्तिलाई खाना, बस्न, भत्ता सबै सेवा सुविधा उपलब्ध गराएको छ। करोडौँ रुपैयाँ खर्चिएर सरकारले पर्यटन प्रवर्द्धनका लागि भ्रमण वर्ष मनाउँदैछ। यसअघि पनि पटकपटक यस्तै संघीय सरकारले पनि पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चँर्दै आएको छ। 

Ncell 2
Ncell 2

लुम्बिनीको विकासले लागि लुम्बिनी विकास कोषले पनि आफ्नो छुट्टै बजेट खर्च गर्दै आएको छ। तर, पर्यटक आगमनको संख्यामा भने खासै परिवर्तन आएको छैन। 

करोडौँ रुपैयाँ खर्च गरेर मनाउन लागिएको लुम्बिनी भ्रमण वर्षलाई भैरहवास्थित स्वागतद्वारदेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्मको निर्माणधीन सडकले भने पर्यटन वर्ष तथा बुद्धजयन्तीले भने गिज्याइरहेको देखिन्छ। 

भैरहवादेखि लुम्बिनीसम्म २२ किलोमिटर सडक पुरै धुलाम्य छ। सडकमा उड्ने धुलोका कारण दिउँसै अध्याँरो देखिन्छ। भैरहवादेखि लुम्बिनीसम्मको यात्रा निकै कष्टपूर्ण यात्रा हुन्छ। अहिलेको अवस्थामा पहिलो पटक आएको पर्यटक पुनः लुम्बिनी नआउने निर्णय लिन सक्ने अवस्था सिर्जना भएको भन्दै सरोकारवालाहरुले चिन्ता प्रकट गर्न थालेका छन्। 

लुम्बिनीदेखि कपिलवस्तुको तौलिहवासम्मको सडकको स्थिति पनि उस्तै छ। अत्यधिक धुलोको कारण मास्कले पनि काम गर्दैन। भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड (४१.१ किलोमिटर) को निर्माणको गति अत्यन्तै धिमा छ।

'हामीले पनि निर्माणकार्य अलिकति सुस्त महसुस गरेका छौँ,' भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका प्रमुख प्रदीप शाक्यले भने, 'तर, समयमै निर्माणकार्य सक्ने गरी ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौँ।' सन् २०२० जनवरीसम्ममा सम्पन्न हुनुपर्ने आयोजनाको काम अहिले सम्म ३०/३५ प्रतिशत मात्रै सम्पन्न भएको उनले बताए। 

आयोजनाका अनुसार यस समयावधि भित्र ५० देखि ६० प्रतिशतसम्म काम सम्पन्न भइसक्नु पर्ने थियो। तर, यस हिसाबले आयोजना समयमै सम्पन्न हुन नसक्ने देखिएको छ। ठेकेदार निर्माणकार्यको ठेक्का पाएको भारतीय कम्पनी गवाँर कन्सट्रक्सनको व्यवस्थापन पक्षको कमजोरी र निर्माण सामग्रीको अभाव भएकाले निर्माण कार्य सुस्त गतिमा रहेको प्रमुख शाक्यको भनाइ छ।

प्रदेश सरकारले पूर्वाधार निर्माणमा ध्यान नै नदिई भ्रमण वर्ष मनाउन तयारी गरेकोमा स्थानीय सरोकारवाला भने रुष्ट छन्। प्रदेश सरकारले पर्यटकलाई धुलो खुवाएर स्वागत गर्ने योजनामा देखिएको स्थानीय बताउँछन्। भैरहवाका होटल व्यवसायीहरुको संस्था सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष विष्णु गौतमले हतारमा प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको बताए।

'लुम्बिनी जाने बाटो राम्रो छैन। सडक निर्माणाधीन अवस्थामा छ,' उनले भने, 'पुलहरुको अवस्था पनि त्यस्तै छ।'

‘बुद्धको जन्मस्थल लुम्बिनी जाऔं : शान्तिको सन्देश फैलाऔं’भन्ने नाराका साथ मनाउन लागिएको भ्रमण वर्ष कति सफल होला भन्नेमा धेरैको आशंका छ। औपचारिक शुभारम्भ हुनु एक महिना अघिदेखि नै प्रचारप्रसार सुरु भएपनि भ्रमण वर्षको औपचारिक उद्घाटन भने जेठ ४ गते (वैशाख शुक्ल पूर्णिमा) लुम्बिनीमा हुँदैछ। 

नेपाल सरकारले सन् २०२० लाई 'भिजिट नेपाल वर्षका रुपमा मनाउन लागिएको कार्यक्रमको मुखमा प्रदेश सरकारले हतार गरेर त्यसअगाडि नै लुम्बिनी भ्रमण वर्ष मनाउन थालेको जानकारहरु बताउँछन्।

लुम्बिनी सम्बन्धी जानकार तथा संस्कृतिविद् डा. गितु गिरीले लुम्बिनी जाने सडकका कारण सोचेअनुसार पर्यटकहरु आउनेमा आशंका व्यक्त गरे। 'लुम्बिनी जाने प्रमुख मार्ग भनेको सडक नै हो। भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलको काम पनि भइरहेको छ,' उनले भने, 'पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन जरुरी छ।'

लाज छोप्न सवारी निषेध
प्रदेश सरकारले धुलाम्मे सडकको लाज छोप्नकै लागि ३ दिनसम्म ठूला सवारी साधन संचालनमा रोक लगाउने तयारी गरेको छ। प्रदेश सरकारले एक महिना अघिदेखि लुम्बिनी भ्रमण वर्षको तयारीमा जुटेको बताए पनि धुलोमय सडकको अवस्थामा सुधार ल्याउने कुनै कार्यक्रम नगरेको स्थानीय बताउँछन्। जबकि सरसफाई शीर्षकमा सरकारले लाखौँ रुपैयाँ छुट्टाएको छ।

जेठ ३, ४ र ५ गते ‘भिभिआइपी मुभमेन्ट’हुने भएकाले सडक धुलाम्य हुन नदिन भैरहवादेखि लुम्बिनीसम्म ३ दिनसम्म ठूला सवारी साधन संचालनमा रोक लगाइने प्रदेश ५ को पर्यटन मन्त्रालयका अधिकृत एवं लुम्बिनी भ्रमण वर्षका सचिवालय सदस्य टुकराज पाण्डेले जानकारी दिए।

'लुम्बिनी सडकखण्ड धुलाम्य छ,' उनले भने, 'तीन दिन सम्म ‘भिभिआइपी मुभमेन्ट’ हुदाँ उक्त दिन ठूला सवारी साधन संचालन नगर्ने व्यवस्था गर्न स्थानीय प्रहरी, प्रशासन, उद्योग, व्यवसायी र संघसंस्थालाई आग्रह गरेका छौँ।' 

लुम्बिनी भ्रमण वर्ष सफल बनाउन निर्माणकार्य छिटो सम्पन्न गर्न आयोजना कार्यालयलाई समेत निर्देशन दिइएको उनले बताए। 

प्रदेश सरकारले लुम्बिनीमा २० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ। तर पूर्वाधारको अवस्था नसुध्रने हो भने सरकारको यो लक्ष्य पूरा हुन गाह्रो देखिन्छ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्