मनाङ– मनाङको प्रदेशसभा ख का उम्मेदवार रहेका राजिव गुरुङ (दीपक मनाङ्गे) विजय नजिक पुगेका छन्।
उनले ९ सय १८ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्म गुरुङ्गले ७ सय ५ मत पाएका छन्। अब करिब ३ सय मत मात्रै गणना गर्न बाँकी छ।
एमाले निकट रहेका मनाङ्गेलाई एमालेले सुरुमै टिकट दिन खोजेको थियो। तर चौतर्फी विरोध भएपछि एमालेले घुमाउरो बाटोबाट उनलाई सहयोग गरेको थियो। सो पार्टीले आफ्ना उम्मेदवारलाई उम्मेदवारी फिर्ता दिन लगाइ मनाङ्गेलाई सहयोगको वातावरण तयार पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।